नेपालले इङ्ल्यान्डको राष्ट्रिय क्रिकेट टोली‌सँग टियु मैदानमा टी-२० सिरिज खेल्ने

इङ्ल्यान्डको राष्ट्रिय क्रिकेट टोली नेपाल आउने  भएको छ ।  नेपाल क्रिकेट संघ (क्यान) का अनुसार सन् २०२७-३१ को सर्कलमा इङ्ल्यान्ड र नेपालबीचको सिरिज टियु क्रिकेट स्टेडियममा हुने भएको छ ।

क्यानका प्रवक्ता छुम्वी लामाले इङ्गल्याण्ड क्रिकेट बोर्डसँग कुाराकानी भैरहेको बताए । उनले मितिको बारेमा समेत छलफल भैरहेको कारण इङ्गल्याण्डको राष्ट्रिय टोली नेपाल आउने लगभग निश्चित भएको पनि जानकारी दिए ।

क्यानका सचिव पारस खड्काले पनि इएसपिएन क्रिकइन्फोलाई उदृत गर्दै, ‘हामी तयार छौं, नेपाल र इङ्गल्याण्डबीचको टि-ट्वान्टी सिरिज क्रिकेट स्टेडियममा गर्नका लागि’ भनेर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

नेपाल र इङ्ल्यान्ड पछिल्लो पटक भारत र श्रीलंकामा आयोजना भएको टि-२० विश्वकपको एकै समूहमा परेको थियो । सोहि विश्व कपमा भारत मुम्बईको वानखेडेमा भएको खेलमा नेपाल इङ्ल्यान्डसँग मात्र ४ रनले पराजित भएको थियो ।