काठमाडौं। नेकपा माओवादी केन्द्रले विभिन्न वामपन्थी दलरूसँगको एकताका लागि छलफल गर्न कार्यदल गठन गरेको छ । माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच दलीय कार्यदल गठन गरेको हो ।
कार्यदलमा महरासहित महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा, सचिवहरू शक्ति बस्नेत र गिरिराजमणि पोखरेल रहेका छन् । कार्यदलले डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी, नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, नेकपा बहुमतलगायत सबै वामपन्थी दलहरूसँग एकताका लागि छलफल गर्नेछ ।’
शनिबार बिहान मात्र एकताका लागि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईबीच बालुवाटारमा छलफल भएको थियो । छलफलमा छिट्टै पार्टी एकता गर्ने सहमति भए पनि पार्टीको नामा, बाबुरामको पद लगायत विषयमा अव कार्यदलले छलफल गर्ने छ ।
नेकपा एकीकृत समाजवादीले पनि विभिन्न पार्टी सँग एकताका लागि छलफल गर्न महासचिव डा बेदुराम भुसालको नेतृत्वमा कार्यदल बनाएको छ ।
ीबहmष् दबलप
आजको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनका लागि सबै दलहरूसँग अपिल गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् । त्यस्तै बैठकले माघ १५ गते केन्द्रित कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।









