जसपाले प्रचण्डलाई विश्वासको मत दिने, नेकपा एसले के गर्ला ?

काठमाडौं । चुनाव अघि टाढिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवबीचको सम्बन्ध फेरि घनिष्ट हुन थालेको छ ।

नेकपा एमालेले काँध हालिदिएको प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई यादव नेतृत्वको जसपाले विश्वासको मत दिने निर्णय गरेको छ । गठबन्धनको तर्फबाट मस्यौदा गरिएको न्युनतम साझा कार्यक्रमको खाका हेर्दा पार्टीको राजनीतिक समितिको बैठकबाट सरकारमा सहभागी हुनका लागि राखिएका सर्तहरुमध्ये २ वटा सर्तहरु समेटिएको जसपा प्रचार विभागले जनाएको छ।

पार्टीका मूलभुत सिद्दान्तहरुको प्रतिकुल नहुने गरी नै मस्यौदा तयार भएको छ भने नागरिकता समस्या समाधान र सुशासनको प्रत्याभूति जस्ता विषय पनि साझा न्युनतम कार्यक्रमको मस्यौदामा अटेको देखिन्छ। माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले भने अहिलेसम्म विश्वासको मत दिने नदिने निर्णय गर्न सकेको छैन ।