कार्यदलले बुझायो शीर्ष नेतृत्वलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौं । सरकारले गठन गरेको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम शीर्ष नेतृट्टवलाई बुझाएको छ । कार्यदलको तर्फबाट उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले न्युनतम साझा कार्यक्रमको प्रतवेदन शीर्ष नेतृत्वलाई बुझाएका हुन्। पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएका हुन्। सत्तारुढ दलहरूको बालुवाटार भएको बैठकमा प्रतिवेदन बुझाइएको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सहभागी थिए। न्युनतम साझा कार्यक्रममा राप्रपा, जसपा र जनमतका एजेण्डाहरू समावेश गरिएका छन्। उनीहरूले सरकारमा सहभागी हुन शर्त अघि सारेका थिए।

सत्ता साझेदार दलहरूले गठन गरेको कार्यदलले शुक्रबार नै उक्त मस्यौदा तयार पारेको थियो ।शीर्ष नेताहरूले सो मस्यौदा प्रतिवेदन अध्ययन गरेपछि आवश्यक परे परिमार्जन गरी त्यसलाई अनुमोदन गर्ने छन् । उपप्रधान एवं अर्थमन्त्री पौडेलको नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका मुकुल ढकाल, राप्रपाका धवल शमशेर राणा, जसपाका रकम चेमजोङ लगायत छन् ।