कम्बोडियामा चट्याङ लियो ६३ जनाको ज्यान

कम्बोडियामा सन् २०२२ मा चट्याङले ६३ जनाको ज्यान लिएको थियो । सन् २०२१ मा ८३ जनाको मृत्यु भएको थियो । सन् २०२१ को तुलनामा सन् २०२२ मा चट्याङ लागेर ज्यान गुमाउनेको सङ्ख्या २४ प्रतिशतले कम भएको कम्बोडिया प्रकोप नियन्त्रणका प्रवक्ताले बताएका छन् ।

चट्याङले गत वर्ष अन्य ५८ जना घाइते भएका थिए । चट्याङ लाग्नबाट जोगाउने जनचेतनामा कमी आएको प्रकोप व्यवस्थापन समितिका प्रवक्ता सोथ किम कोल्मोनीले बताए।

‘चट्याङको खतराबाट बच्न, विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूले हावाहुरी वा वर्षा हुँदा घर वा आश्रयमा बस्नुपर्छ,’ उहाँले भने । उच्च जोखिममा रहेका प्रान्तहरुको वास्तविक आवश्यकताहरुको समीक्षा र मूल्याङ्कन गर्न भ्रमण गर्ने र ती प्रान्तहरूमा बिजुली संरक्षण उपकरणहरू स्थापना गर्नुअघि स्वीकृतिको लागि नेताहरूलाई जानकारी गराउने समितिले जनाएको छ ।