स्वस्तिमा खड्का फिल्म ‘भष्मे डन’ मा अनुबन्धित

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का दीपेन्द्र के खनालको निर्देशन रहने फिल्म ‘भष्मे डन’ मा अनुबन्धित भएकी छन् । निर्माण टिम र अभिनेत्री खड्काबीच अभिनयको विषयमा सम्झौता भएको हो ।

दीपेन्द्रले अभिनेता खगेन्द्र लामिछानेले मिलेर यो फिल्म बनाउन लागेका हुन् । फिल्ममा विपिन कार्की ‘भष्मे डन’ को रूपमा देखिँदैछन् । स्वस्तिमा विपिनको अपोजिटमा देखिने छिन् । फिल्ममा सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, प्रकाश घिमिरे लगायतको समेत अभिनय रहनेछ । पशुपति प्रसादको चर्चित पात्र ‘भष्मे डन’माथि फिल्म निर्माण हुन लागेको हो ।

आगामी फागुन १२ गतेदेखि पशुपतिनाथ मन्दिर वरपर फिल्मको छायांकन हुनेछ । फिल्मको रिलिज मिति नयाँ वर्षको दसैँ हुने बताइएको छ ।