प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चेन सङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।

भेटमा चिनियाँ राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीको तर्फबाट प्रधानमन्त्री प्रचण्डलाई बधाई, नयाँ वर्षको शुभकामना सन्देश हस्तान्तरण गरेका छन् । साथै उनले नेपालको स्थायित्व, विकास र समृद्धिको बाटोमा सधैँ साथमा रहने बताएका छन् ।

त्यस क्रममा प्रधानमन्त्रीले चिनियाँ सहयोग, सद्भाव र भातृत्वको लागि धन्यवाद भन्दै आफ्नो तर्फबाट राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्रीलाई सफलता र प्रगतिको शुभकामना व्यक्त गरेका छन् । राजदुत सङले शुक्रबार रास्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र पेश गरेका थिए।