प्रचण्ड नेतृत्वको सरकारमा ४ जना उपप्रधानमन्त्री, बरियतामा लिङ्देन अन्तिममा

sf7df8f}F, # df3M gjlgo'Qm dGqLx?nfO{ zky /fi6«klt ljBfb]jL e08f/L dªunaf/ /fi6«klt ejg zLtnlgjf;df cfof]lht ljz]if ;df/f]xdf gjlgo'Qm dGqLx?nfO{ kb tyf uf]kgLotfsf] zky u/fpg'x'Fb} . tl:a/M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वमा ४ जना उपप्रधानमन्त्री बनाएका छन् । २३ सदस्यीय मन्त्रिपरिषद्मा ४ जना उपप्रधानमन्त्री बनाइएको हो ।

एमालेबाट विष्णु पौडेल, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने र राप्रपाबाट राजेन्द्र लिङ्देन उपप्रधानमन्त्री बनेका हुन् ।

जसमा लिङ्देनको वरीयता उपप्रधानमन्त्रीको सबैभन्दा पुछार अर्थात चौथो नम्बरमा रहेका छ । पहिलो वरीयतामा पौडेल, दोस्रोमा श्रेष्ठ र तेस्रोमा लामिछाने छन् ।

२३ सदस्सीय मन्त्रिपरिषद् बनाएका प्रधानमन्त्रीले थप दुई मन्त्रालय आफैसँग राखेका छन् ।