प्रचण्डले सहमतिको प्रस्ताव गरेपछि ओलीले कांग्रेसलाई भने राष्ट्रपतिमा आश नगर्नू

काठमाडौं । प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई राष्ट्रपति र सभामुखमा सहमति गरेर जान प्रस्ताव गरेका छन् ।

मंगलबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा प्रचण्डले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखमा सहमति गरेर जान प्रस्ताव राखेको कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

प्रस्ताव आए पनि कुनै सहमति नभएको उनले बताए । तर उनले कांग्रेसले राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न तयार रहेको बताए ।  माघ ५ गते सभामुखको निर्वाचन हुँदैछ । त्यसअघि बैठक बसेर के गर्ने उमेदवार बनाउने नबाउने टुंग्याउने उनले बताए ।

तर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने कांग्रेसलाई राष्राष्ट्रपतिमा आश नगर्न भनेका छन् । सर्वदलीय बैठकमा ओलीले कांग्रेस नेताहरूलाई राष्ट्रपतिको आश नगर्न भनेका हुन् ।

जवाफमा कांग्रेस नेता रमेश लेखकले राष्ट्रपतिमा बुझाएको हस्ताक्षरमा आफूहरु नरहेको हुँदा प्रमुख प्रतिपक्षको हैसियतमा आफूहरु रहेको बताएका थिए ।