चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा थप दुई वटा गैँडाको मरेका छन् । योसँगै निकुञ्जमा चालु आर्थिक वर्ष २०७९–०८० मा मर्ने गैँडाको संख्या १० वटा रेकर्ड गरिएको छ ।
निकुञ्ज प्रशासनका अनुसार अमलटारी सेक्टर अन्तर्गत भुताह पोष्ट नजिक शुक्रबार दिउँसो अन्दाजी ४ वर्ष उमेरको एक सिंगे गैँडा मृत फेला परेको छ । विद्युतीय धरापमा परेर गैँडा मरेको बताइएको छ ।
यसैगरी चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत भुताह पोष्ट नजिक नै अन्दाजी १४ वर्षको माउ गैँडा पनि मृत फेला परेको छ । घटनास्थलमा गैँडाको खाग भेटिएको छैन ।
चोरी सिकारी भएको आशंकासहित निकुञ्ज कार्यालयबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।









