काठमाडौं । युरोपियन युनियनले हवाई सुरक्षाको मूल्यांकन गर्न नेपाल आउने कार्यक्रमलाई स्थगन गरेको छ । नेपाली वायुसेवा निगमलाई आफ्ना सदस्य राष्ट्रहरूमा २०७० मंसिरदेखि लगाइएको निषेध हटाउने सम्बन्धमा युनियन हवाइ सुरक्षाको मुल्यांकन गर्न नेपाल आउने कार्यक्रम थियो ।
नेपालमा रहेको युरोपियन युनियन (ईयू) ले शुक्रबार विज्ञप्ति जारी गर्दै भर्खरै पोखरामा भएको यती एयरलायन्सको दुर्घटनाका कारण नागरिक उड्डयन प्राधिकरणसँगको आपसी सहमतिपछि अनसाइट मूल्यांकन हाललाई स्थगन गर्नुपरेको जनाएको छ ।
ईयूले मंसिर १२ गते एक विज्ञप्तिमार्फत हवाई क्षेत्र हेर्ने युरोपियन एभिएसन सेफ्टी एजेन्सीको महानिर्देशक नेतृत्वको टोलीले नेपालको हवाई क्षेत्रमा भएका पछिल्ला सुधारको मूल्यांकन गर्न चाँडै नेपाल आउने जनाएको थियो । तर, माघ १ गते भएको यती एयरलायन्सको एटीआर विमान दुर्घटनाका कारण ईयू अहिलेलाई पछि हटेको हो ।









