बाबुले पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु, श्रीमती गम्भीर घाइते

बाँके । कोहलपुरका एक व्यक्तिले आफ्नी श्रीमती र छोरालाई आगो लगाउँदा छोराको मृत्यु भएको छ। कोहलपुरका भानुभक्त विकले श्रीमती र छोरालाई आगो लगाउँदा २ वर्षीय छोराको मृत्यु भएको हो।

श्रीमती गंगासँगको झगडामा विकले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा छोरा प्रिन्ससमेत जलेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए।

जलेर घाइते भएका दुवैलाई कोहलपुरमा उपचारपछि नेपालगञ्जको भेरी अस्पतालमा पुर्‍यइएको थियो। आज बिहान छोरा प्रिन्सको मृत्यु भएको र गंगाको घाइते अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले भानुभक्तलाई भारतीय सीमानाकाबाट पक्राउ गरेको छ।