काठमाडौं । नेपाल राष्ट्र बैंकका पहिला गभर्नर हिमालय शमशेर जबराको निधन भएको छ । ९५ वर्षीय जबराको आज बिहान नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
स्वास्थ्यमा समस्या आएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएकाे थियाे । जबरा २९ वर्षको उमेरमा नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर बनेका थिए । राजा महेन्द्रले राष्ट्र बैंकको स्थापना गरेर मासिक ८ सय तलब खानेगरी जबरालाई गभर्नरको नियुक्ती दिएका थिए ।









