नेपाल कोरोना भाइरस संक्रमण र डेंगुका बिरामीको संख्या फेरि बढ्न थालेको छ । गत एक सातामा कोरोना संक्रमित र डेंकुका विरामीको संख्या उकालो लागिरहेको छ । चैत १३ मा एक हजार २६६ जनाको स्वाव परीक्षण गर्दा ६९ जनामा संक्रमण पुष्टि भयो ।
त्यसैगरि चैत १४ मा एक हजार ४२९ जनाको स्वाव परीक्षण गर्दा २४ जनामा संक्रमण पुष्टि भयो। चैत १५ गते एक हजार ३३० जनाको स्वाव परीक्षण गर्दा ३४, चैत १६ मा ९ सय १५ को स्वाब परीक्षण गर्दा ४२, चैत १७ मा एक हजार ७९ जनाको स्वाव परीक्षण गर्दा संक्रमितको संख्या ह्वातै बढेर १४२ मा पुग्यो ।
चैत १८ गते ३८ जनामा चैत १९ मा ३८ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या एक सय ९४ रहेको छ। संक्रमितको संख्या बढ्दै गए पनि मृतकको संख्या भने शून्य छ।
भारतमा कोभिड संक्रमितको संख्या बढ्दै गएको छ। नेपालमा पनि बिरामीको संख्या बढ्दै गइरहको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले बताए।
भारतमा देखिएको ‘एक्सबीबी १.१६’ ओमिक्रोन उपप्रजातिको हाइब्रेट रहेको उनले बताए। सायदै नेपालमा पनि ओमिक्रोनका विभिन्न उपप्रजाति मिलेर नयाँ हाइबे्रट फैलिएको हुन सक्ने उनको भनाइ छ।
फागुनयता तीन सयबढीमा डेंगु
नेपालमा यस वर्ष डेंगीले महामारीकै रुप लिएको थियो। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार गत साउनदेखि देखिन थालेको डेंगी मंसिर २९ सम्म ५३ हजार ९५१ जनामा पुष्टि भइसकेको छ। ६२ जनाको डेंगीका कारण मृत्यु भएको थियो।
गर्मीसँगै पानी पार्न थालेपछि पुनः डेंगीका बिरामी फेला पर्न थालेको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
‘फागुन अन्तिम सातादेखियता देशभर ३ सय बढिमा डेंगी बिरामी फेला परेका छन् । सबैभन्दा बढी दाचुर्लामा ५० जना बिरामी भेटिएका थिए। गत साउनबाट सुरु भएको डेंगीका बिरामी जाडो महिनामा कम भए पनि फेरी बढ्न थालेको छ ।









