बलराम विश्वकर्मा बने नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को विजेता

काठमाडौं । बलराम विश्वकर्मा नेपाली गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को दोस्रो शृङ्खलाको विजेता बनेका छन् ।

बुधबार सम्पन्न अन्तिम प्रतिस्पर्धामा विजेता विश्वकर्मासँगै सन्तोष क्षेत्री, विकास परियार, किरण बीसी, राजेन्द्र घर्तीमगर र पीएन साइँला थिए । विजेता बनेसँगै लोकस्टार विश्वकर्माले १५ लाखसहित अन्य पुरस्कार प्राप्त गरेका छन् । विजेता विश्वकर्मालाई हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले ट्रफीसहित पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा साइँला फस्ट रनरअप अर्थात् उपविजेता घोषित भए । उनले तीन लाख नगदसहित पुरस्कार प्राप्त गरे । यस्तै क्षेत्रीले सेकेण्ड रनरअप अर्थात् तेस्रो घोषित हुँदै दुई लाखसहित अन्य पुरस्कार प्राप्त गरे ।

भोटका आधारमा विजेता चयन भएको लोकस्टारमा महागुरुको रूपमा कुमार बस्नेत र गुरुको रूपमा राजु परियार, रामजी खाँण र कुलेन्द्र विश्वकर्मा रहेका थिए ।