काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम विवाह वन्धनमा बाँधिएकी छन् । उनले आफ्नो प्रेमी चितवनका माओवादीका युवा नेतन एबं व्यवशायी गृहेन्द्र घिमिरेसँग लगनगाँठो कसेकी हुन् ।
घिमिरे र सोविता लामो समयदेखि प्रेममा थिए । घरमा पूजा लगाएका बेला सानो जमघटमा उनीहरु प्रणयसुत्रमा बाँधिएको बुझिएको छ । विवाहपछि दुवैजना जापान लागेका छन् ।
सोविताले आफू केही दिनका लागि जापान जान लागेको पार्टीलाई जानकारी गराएकी थिइन् । व्यक्तिगत प्रयोजनले जान लागेको भनेर सन्देश पठाएको पार्टी स्रोतले बतायो । उनले विवाह गरेको विषयमा भने जानकारी दिएकी छैनन् ।
गृहेन्द्र गृष्मा ब्रोडकास्टिङको चेयरपर्शन हुन् । उनले सातवटै प्रदेशमा सप्तरङ्ग इभेन्ट आयोजना गर्दै आइरहेका छन् । २८ वर्षिया सोविता गत मंसिरमा भएको आमनिर्वाचनमा प्रत्यक्षतर्फ काठमाडौं-२ बाट निर्वाचित भएकी हुन् ।









