बुटबल । प्यूठानको स्वर्गद्वारी नगरपालिका –४ भेतुकेमा भएको कार दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । मृतक ८ मध्ये ७ जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा कार चालक लमही नगरपालिका वडा ५ का तारा कुमाल, कारमा सवार लमही–७ का ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीया राधा नेपाली र उनका ९ वर्षीय छोरा आदित्य शाह रहेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।
यस्तै तुलसीपुर उपमहानलपारिका वडा १५ कोठरीका ३५ वर्षीया सरिता शर्मा पोख्रेल, उनका १४ वर्षीय छोरा विशाल पोख्रेल र ९ वर्षीय छोरा विकास पोख्रेलको पनि कार दुर्घटनामा मत्यु भएको छ ।
मृतक ८ जनाको शव जिल्ला अस्पताल प्युठानमा राखिएको छ । लु १ च ६३४५ नम्वरको स्कारपियो दिउँसो भीरबाट खसेको थियो ।









