नवलपुर । बिशाल मुभिज प्रा.लि.अनामनगर मार्फत बियोगान्त दोहोरी गीत ‘बिन्ती सानु’ सार्वजनिक भएको छ । बिशाल फिल्मस् यु.टुव. च्यानल मार्फत सार्वजनिक गरीयको मार्मिक बियोगान्त गीतमा गायक अनि सर्जक हुम गैरे र गायिका जमुना रानाको स्वर रहेको छ ।
सर्जक गैरेकै लय, शब्द तथा निर्देशन रहेको गीतमा मोडल धिरज खत्री, नवराज अधिकारी र झरना बि.शी.को अभिनय रहेको छ ।त्रिकोणात्मक प्रेम कथामा आधारित गीत बिन्ती सानुलाई लोकेश वलीले खिचेका हुन् ।









