कावासोती । नारीहरुको माहान पर्व तिज नजिकिदै गर्दा तिजका गीतहरु धमाधम बजारमा सार्वजनिक भई रहेका छन् । यति बेला नेपाली गीत संगीतको बजारमा बिशाल मुभिज मार्फत पारिवारीक कथाबस्तुमा आधारित मार्मिक तिजको कोसेली तिज गीती कथा बिरहको तिज भाग ३ भ्रष्टचारी भेना बजारमा आयको छ ।
गायक ईन्द्र जिसी, का जमुना राना, गायक बिक्रम परियार, गायक, सर्जक हुम गैरे, गायिका कमला बिसी, बिमला गैरे र गायक हेमराज डाँगीको स्वरमा रहेको गीतको लय अनि शब्द हुम गैरेले सिर्जना गरेका हुन् ।
गायक गैरेकै कथा तथा निर्देशनमा तयार भएको गीतको म्यूजिक भिडियो राम केसीले खिचेका हुन् । नक्कली भुटानी सरणर्थी प्रकरणमा आधारित कथा बस्तु रहेको गीतमा भ्रष्टचारी भेनामा चर्चित मोडल धिरज खत्री, कुमार सुनेल, रमा ठकुरी, करिष्मा परियार, ईश्वर बल्लभ, बसन्त बर्मा, संगीत मगर, बिनोद कंडेल, बिबेक बस्नेत, सिर्जना पाण्डे लगायतका कलाकारहरुको अभिनय रहेको छ ।









