खोजेको बेला उपस्थित हुने गरी अभिनेता अनमोल केसी  रिहा

काठमाडौं । अभिनेता अनमोल केसी  रिहा भएका छन् । उनलाई खोजेको बेला उपस्थित हुने गरी अभिभावकको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतले ३ दिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

फिल्म ‘रावायण’को आर्थिक लेनदेन विवादमा निर्मात्री सुप्रिया कटुवालले अनमोलविरुद्ध उजुरी दिएकी थिइन् । प्रहरीले उनलाई शुक्रबार बेलुका साँगाबाट पक्राउ गरेको थियो ।

सोधपुछका क्रममा अनमोलले आफूले स्क्रिप्ट चित्त नबुझेर प्रोजेक्ट अस्वीकार गरेको र १० लाख फिर्ता गर्न खोज्दा पनि ‘रावायण’ फिल्मका निर्माताले लिन  नमानेको प्रहरीलाइ बताएका छन् ।