नवलपुर, जेठ २६ गते । नदीजन्य पदार्थ बोकेर पूर्वपश्चिम राजमार्ग सडकमा पानी चुहाउँदै हिड्ने १३ सहित १५ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवलपुरको गैँडाकोट नगरपालिकाबाट १३ र देवचुलीबाट दुईवटा गाडीलाई नियन्त्रणमा लिएर आवश्यक कारवाही प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अवैध रुपमा नारायणी नदी किनारबाट ढुंगा, गिट्टी, बालुवा निकाली उत्खनन, बिक्रि तथा व्यवस्थापन सम्बन्धि मापदण्ड विपरित हुने गरी नदीजन्य पदार्थ त्रिपालले नछोपी बाटोमा ग्राबेल खसाउनुका साथै सडकमा पानी चुहाउँदै ल्याउँदै गरेका १३ वटा सवारी साधनलाई गैँडाकोटबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितका अनुसार चालकसहित सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि गैँडाकोट नगरपालिकामा पठाइएको छ ।
त्यस्तै अवैध रुपमा नदजिनय पदार्थ ओसारपसार गर्ने दुईवटा गाडी र चालकलाई देवचुली नगरपालिकाबाट नियन्त्रणमा लिइ आवश्यक कारवाहीका लागि पालिमामा पठाइएको उहाँले जानकारी दिए ।
पानी र ग्राबेल चुहाउने १३ वटा गाडीका चालकलाई जनही तीन हजार र अवैध रुपमा नदजिन्य पदार्थ ओसारपसार गर्ने सवारी चालकलाई जनही बीस हजार रपियाँ जरिवाना हुने व्यवस्था रहेको पण्डितले जानकारी दिए ।
हेर्नुहोस् भिडियो









