बोमलाल गिरी
नवलपुर, असार १४ गते । नवलपुरमा जंगली च्याउ खाएर १६ जना बिरामी परेका छन् ।
जिल्लाको बुलिङटार गाउँपालिका-२ टाँडीस्वाराको जिवनज्योती चर्च मण्डलीमा साप्ताहिक प्रार्थना तथा निर्माणाधिनको भवनको भुई ढलानको लागि श्रमदान गर्ने भनि गएकाहरु जंगलबाट लिएको च्याउको तरकारी खाँदा बिरामी परेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
बिरामी हुनेहरुमा सोही ठाउँका स्थानीय ५१ वर्षीया समिमाया राना, १७ वर्षीया कबिता लुङगेली, ३७ वर्षीय सिताराम गरन्जा मगर, १७ वर्यीया निशा ठाडा मगर, ४८ वर्षका कृष्ण बहादुर राना र ७८ वर्षका जसु डिसुवा मगर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक मधु नेपालले जानकारी दिए ।
त्यसैगरी सोही ठाउँका ४५ वर्षीय एकबिर बराल, ५० वर्षीया चुलिमाया थापा, ६६ वर्षकी गनिसर राना मगर, ४० वर्षीया मनमाया लुङगेलि मगर, ३५ वर्षीया धनमाया लुङगेली, ३१ वर्षीय संजय कुमाल, ७ वर्षकी एरिना कुमाल, ५० वर्षीया रुमा गाहा मगर ४२ वर्षकी हुमाया सारु मगर र १८ वर्षीय राजन राना मगर बिरामी भएको प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिए ।
बिरामीमध्ये निशा ठाडा र एकवीर बरालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बिरामी सबैको भरतपुर अस्पताल र पुरानो मेडिकल कलेज चितवनमा उपचार भईरहेको प्रहरीको भनाइ छ ।