शोभा पाठकले नेकपा एमालेका महासचिव महेश बस्नेतविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा दायर गरेकी छिन्। उनले शुक्रबार महेश बस्नेतविरुद्ध जाहेरी दिएको जानकारी दिँदै भद्रकारी प्रहरी परिसरलाई तत्काल बस्नेतलाई अनुसन्धानको दायरामा ल्याउन माग गरेकी छन्।
उनले भनेकी छन्,‘माइतीघर मण्डलामा म माथि भएको साङ्गतिक हमलामा ज्यान मार्ने उद्योगमा संलग्न रहेको र षड्यन्त्र गरेको महेश बस्नेत भने मैले किटानी जाहेरी दिएको छु। भद्रकारी प्रहरी परिषद्लाई तत्काल महेश बस्नेतलाई गिरफ्तार गरी अनुसन्धानको दायरामा ल्याउन अनुरोध गर्दछु।’
वैशाख १४ गते माइतीघर मण्डलामा धर्ना बसेकी शोभा पाठकमाथि हातपात भएको थियो। पाठकले बस्नेतले आफूमाथि गम्भीर अपराध गरेको आरोप लगाउँदै कारबाही हुनुपर्ने माग गर्दै आएकी छिन्।









