आत्मदाह प्रयास गरेका युवकको बाटोमै मृत्यु

आत्मदाह प्रयास गरेकी कैलालीको धनगढी उपमहानगरपालिका–७ की ३५ वर्षीय ज्योती चौधरीको मृत्यु भएको छ।

थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा धादिङमा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका अनुसार साउन ९ गते साँझ करिब ७ः३० बजेतिर चौधरीले आफ्नै घरभित्र शरीरमा पेट्रोल छर्केर आगो लगाएको अवस्थामा आफन्तले फेला पारेका थिए।

शरीरको करिब ६० प्रतिशत भाग जलेको गम्भीर अवस्थामा उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याइएको थियो। अस्पतालले थप उपचारका लागि साउन १० गते बिहान नेपालगञ्जस्थित भेरी अस्पतालमा रेफर गरेको थियो।

तर, आफन्तले भेरी अस्पताल नलगी थप उपचारका लागि काठमाडौं लैजाने क्रममा धादिङमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । मृतकको शव धनगढी ल्याई सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको प्रहरीले जनाएको छ।