राष्ट्रपति भण्डारी अचानक विजुक्छे निवास भक्तपुरमा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार अचानक नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई भेट्न भक्तपुर पुगेकी छिन्। भक्तपुरको कमलबिनायकस्थित बिजुक्छे निवासमा राष्ट्रपति भण्डारी पुगेकी हुन्।

राष्ट्रपति दिउँसो विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक चाँगुनारायण मन्दिरमा पूजाअर्जना गरेर फर्कने क्रममा विजुक्छेको घरमा पुगेकी थिइन्।

राष्ट्रपतिले बिजुक्छेको घरमा आउँदा माइती आएझैँ लागेको बताएकी थिइन् । राष्ट्रपति त्यहाँ झण्डै ४० मिनेट बसेकी थिइन् । भेटमा समसामयीक विषयमा कुराकानी भएको बताइएको छ ।
भेटमा राष्ट्रपति भण्डारीले बिजुक्छेको स्वास्थ्य अवस्थाको जानकारी लिनुका साथै असार ८ गते भएको बिजुक्छे पत्नी शोभा प्रधानको निधनका विषयमा शोक व्यक्त गरेकी थिइन्।