अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुख अख्तियारको नियन्त्रणमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल प्रमुखलाई पक्राउ गरेको छ ।

टर्मिनल प्रमुख पूर्ण चुडाललाई भ्रष्टाचारको आरोपमा पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

चुडाललाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको उनले बताए ।उनलाई अख्तियारबाट खटिएको टोलीले विमानस्थल प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको हो ।