बच्चालाई काउकुती लगाउँदा स्वास्थ्यमा कस्तो असर पर्छ ?

हामी बच्चाहरूसँग रमाउने क्रममा कहिलेकाही बच्चालाई अत्यधिक काउकुती लगाइदिन्छौं।  बच्चालाई अत्यधिक काउकुती लगाउँदा उनीहरूको स्वास्थ्यमा नराम्रो असर पर्न सक्ने विज्ञहरुले बताएका छन् ।।

काउकुती पनि धेरै प्रकारका हुन्छन्, जसले शरीरमा असर छोड्छ ।

नाइस्सिसिस काउकुती

बच्चालाई राम्रो महसुस गराउनका लागि गरिने काउकुतीलाई नाइस्मिसिस भनिन्छ । यसमा बच्चाको छालामा हल्का हातले स्पर्श गरिन्छ, जसले हाँसो लाग्दैन तर बच्चालाई आनन्द प्राप्त हुन्छ।

गार्गलेसिस काउकुती

बच्चालाई गार्गलेसिस काउकुती आफैँ हुने हुँदैन । यसमा हात, पेट वा खुट्टाको पैतलामा कडा दबाव दिइन्छ जसले गर्दा बच्चालाई हाँसो लाग्छ ।

बच्चालाई दुख्नु

बच्चालाई काउकुती गर्दा दुख्ने समस्या पनि हुन सक्छ । धेरै कडा र लामो समय गरिने काउकुतीले बच्चालाई पेट दुख्ने समस्या हुन सक्छ ।

बच्चा चिडचिडाउने

बच्चालाई पटक-पटक काउकुती गर्ने गरेमा उनीहरू चिडचिडाउने वा दिक्क हुने गर्दछन् । बच्चालाई काउकुती गर्दा उनीहरूको हाँस्नुको सट्टा रुने पनि गर्दछन् ।

बच्चालाई पटक-पटक काउकुती गर्ने गरेमा त्यसलाई टिकलिंग टर्चर पनि भन्ने गरिन्छ । बच्चालाई काउकुती जहिले पनि हल्का हातले र छोटो समय गर्ने गर्नुपर्दछ । यदि, बच्चालाई लामो समय काउकुती गरिराख्यो भने उनीहरूका लागि त्यो टर्चर पनि हुन सक्छ ।

त्यस्तै, अत्यधिक काउकुती गर्ने गरेमा उनीहरूलाई बाडुली आउने समस्या पनि हुन सक्छ । त्यसैले, बच्चालाई काउकुती गर्नुभन्दा पहिला एकदमै सतर्कता अपनाउनुपर्दछ । त्यसैले, पनि बच्चालाई काउकुती हानिकारक मान्ने गरिन्छ ।