पछिल्लो गणनाअनुसार नेपालमा बाघको संख्या ४२९ पुगेको छ। विश्व बाघ दिवसका अवसरमा आज कृषि, वन तथा पर्यावरण मन्त्रालयले बाघको पछिल्लो गणना सार्वजनिक गरेको हो।
कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सार्वजनिक गरेको २०८२ को गणनाअनुसार कुल बाघको संख्या मुलुकभर ४२९ पुगेको हो।
पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा १४५, बर्दिया राष्ट्रिय निकुञ्ज ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० बाघ छन्।
पछिल्ला दिनमा संरक्षण क्षेत्र र बासस्थानमा भएको सुधार, सिकार प्रजातिको वृद्धिलगायतका आधारमा बाघको संख्या थपिएको बताइएको छ। नेपालमा प्रायः चार वर्षमा बाघ गणना गरिन्छ। सन् २०२२ को बाघ गणनाअनुसार मुलुकमा बाघको संख्या ३५५ थियो।









