नवलपुर, साउन ८ गते । पूर्वपश्चिम राजमार्गा अन्तर्गत नवलपुरको कावासोती–१६ को वडा कार्यालय नजिकै मोटरसाइकलको ठक्करबाट एक युवकको मृत्यु भएको छ । दुर्घटनामा सोही ठाउँको सृजनसिल टोलका ४५ वर्षीय सुरेश विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घाइते अवस्थामा लडिरहेका बिकलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक अनिल पण्डितले जानकारी दिए ।
नारायणघाटबाट बुटबलतर्फ जाँदै गरेको लु ५० प ५५७३ नम्बरको मोटरसाइकलले बिकलाई ठक्कर दिएर भागेको प्रहरीले जनाएको छ । प्रहरीले तत्कालै ठक्कर दिने मोटरसाइकल चालक पाल्पा रम्भा गाउँपालिका–४ का अमित रसाइलीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।









