कावासोती । पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी गाउँपालिका १ भटुकेमा चट्याङ्ग लागेर १ जनाकाे मृत्यु भएकाे छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्ताेष पाठकका अनुसार बुधबार विहान साढे ६ बजेको समयमा विनयी त्रिवेणी गाउँपालिका १ भटुके बस्ने बर्ष ५७ को छविलाल सारुकाे मृत्यु भएकाे हाे ।
विनयी त्रिवेणी १ गोग्दी स्थीत खेतमा श्रीमान छविलाल सारू र श्रीमती कुमारीसरा सारु दुवै जना खेतमा काम गर्ने क्रममा श्रीमानलाई चट्याङ्ग लागेकाे हाे ।









