गठबन्धनबीच तालमेल गरेरै चुनावमा जाने काँग्रेसको निर्णय, एआईजी पोखरेलले दिए राजीनामा

माओवादी र एमालेको एकता तोडेको नेकपामा लफडा

आज २०७९ साउन २ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डट कमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’ मा प्रस्तुत गरेका छौं–
आजका मुख्य समाचारमा काँग्रेस बैठकका १३ निर्णय; गठबन्धनबीच तालमेल गरेरै चुनावमा जाने निष्कर्ष, बजेट निर्माणमा संसदीय समितिले भेटेन ‘कैफियत’, चालु आर्थिक वर्षका योजनाको ठेक्काबारे साउनभित्रै बोलपत्र आह्वान गर्नुपर्ने, एआईजी विश्वराज पोखरेलले दिए राजीनामा, माओवादी र एमालेको एकता तोडेको नेकपामा लफडा, सभामुखले सुनाए आफ्नो अनुभव, पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधेर लगियो मन्दिर लगायत छन् ।

१. काँग्रेस बैठकका १३ निर्णय; गठबन्धनबीच तालमेल गरेरै चुनावमा जाने निष्कर्ष
विभिन्न १३ निर्णय गर्दै नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ । बैठकले आगामी चुनावमा पाँच दलीय गठबन्धनबीच तालमेल गरेर जाने निर्णय गरेको छ ।