रोल्पामा निर्माणाधीन झोलुङ्गे पुलको पर्खाल लगाउने क्रममा कामदारहरुमाथि माटोको ढिस्को खस्दा ५ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ४५ वर्षीय दुजमन परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुबित्रा परियार, पुरिएका ६६ वर्षीय देविराम परियार र २७ वर्षीया आईती परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक पाँचै जना सुनछहरी गाउँपालिका वडानम्बर ३ बाहिरी गामका हुन् ।