नवलपुर, असोज ३० गते । राष्ट्रपति रनिङसिल्ड प्रतियोगितामा मध्यविन्दु बहुमुखी क्याम्पस कावासोती नगर प्रथम भएको छ । कावासोतीको गोछडामा तीन दिनसम्म चलेको प्रतियोगितामा १० स्वर्ण, ५ रजत र ३ कास्यसहित जम्मा १८ पदक जितेर मध्यविन्दु क्याम्पस प्रथम भएको हो ।
मध्यविन्दुले ८ सय र १५ सय मिटर दौड, ३८ केजि तौल समुहको तेक्वान्दो, कराते २ र रिले दौडमा दुई सवर्ण जित्यो । मध्यविन्दुका आर्जन सुनारले विभिन्न ४ विधामा सवर्ण पदक जिते ।
दोस्रो भएको सरस्वती मावि गोछडाले ९ स्वर्ण, ५ रजत र १९ कास्य पदक जित्यो भने जनकल्याण मावि रिठेपानी ७ सवर्ण, ४ रजत र ७ कास्य पदक जित्दै तेस्रो भयो ।
मध्यविन्दुले विभिन्न विधाका व्यक्तिगत इभेन्टमा ७ स्वर्ण र छात्रा भलिबलमा सवर्ण पदक जित्यो । यो विधामा मध्यविन्दुकी प्रिजला अस्लामी सर्वोत्कृष्ट खेलाडी घोषित भइन् भने छात्र तर्फ लुम्बिनी आदर्श कलेजका दिलिप मगर सर्वोत्कृष्ट खेलाडी चुनिए ।
त्यस्तै कबड्डी महिला र पुरुषमा सरसवती मावि गोछडाका दुर्गा नेपाली र दया कुमारी महतो उत्कृष्ट भए । एथलेटिक्स छात्रमा चण्डेश्वर मावि गोडारका दिलिप महतो र छात्रामा जनकल्याण मावि रिठेपानीकी आरती बिक सर्वोत्कृष्ट खेलाडी चुनिए ।
नगरमै प्रमथ स्थान हासिल गरेका खेलाडहिरलाई क्याम्पसले नगद पुरस्कारसहित सम्मान गरेको छ । क्याम्पस प्राङगढमा एक कार्यक्रम गरी पदक विजेता खेलाडीहरुलाई नगद रकमसहित सम्मान गरिएको क्याम्पसका खेलकुद विभाग प्रमुख हिमाल चापागाँईले जानकारी दिए ।