वडा–टोलमा मार्क्सवाद अध्ययन, जनतासँग प्रत्यक्ष संवाद

गुल्मीको क्षेत्रनंबर २ मा नेपाल कम्युनिष्ट पार्टीले चुनाव प्रचारसँगै मार्क्सवादी कक्षाहरू सञ्चालन गरेको छ। विभिन्न टोलमा आयोजित अध्ययन–बैठकमा नेपाली कम्युनिस्ट पार्टीले रेड बुक दिवस मनाउँदै मार्क्सवादी कक्षाहरु चलाएको हो ।

चुनावी अभियानलाई वैचारिक बहससँग जोड्नु नै दीर्घकालीन आन्दोलन सुदृढीकरणको आधार भएकोले कक्षाहरु चलाइएको नेकपाले जनाएको छ ।

नेकपाका केन्द्रीय सदस्य प्रमेश पोखरेल अनुसार स्थानीय स्तरमा रेड बुक वितरण, सामूहिक अध्ययन र घरदैलो संवादमार्फत पार्टीले “भोटसँगै विचार” अभियान अघि बढाइएकाे छ ।

पोखरेलले कम्युनिस्ट आन्दोलनको ऐतिहासिक निरन्तरता, संगठनात्मक अनुशासन र वर्गीय स्पष्टताको आवश्यकता औंल्याउँदै निर्वाचनलाई जनसंगठन विस्तार गर्ने अवसरका रूपमा प्रयोग गर्नुपर्ने बताए । ‘यो वैचारिक र रणनीतिक कुरा हो । यसको प्रभावपछि देखिनेछ ।’ पोखरेलले भने ।

pramesh_gulmi1.jpg