इरानले युएईमा गरेको आक्रमणमा एक नेपालीको मृत्यु

काठमाडौं । इरानले यूएईमा गरेको पछिल्लो हवाई आक्रमणमा परी एक नेपाली नागरिकसहित तीन जनाको गएको छ ।
संयुक्त अरब इमिरेट्सको रक्षा मन्त्रालयका अनुसार, आक्रमणमा परी नेपाल, पाकिस्तान र बंगलादेशका एक÷एक गरी तीन जना विदेशी नागरिकले ज्यान गुमाएका छन् ।

यद्यपि मृत्यु हुनेको परिचय भने मन्त्रालयले खुलाइएको छैन् ।  रक्षा मन्त्रालयका अनुसार इरानले हालसम्म १६५ वटा ब्यालेस्टिक मिसाइल, दुईवटा क्रुज मिसाइल र ५४१ वटा ड्रोन प्रहार गरिसकेको छ ।

यूएईको शक्तिशाली हवाई रक्षा प्रणालीले अधिकांश मिसाइल र ड्रोनहरूलाई आकाशमै नष्ट गरिदिए तापनि ३५ वटा ड्रोनहरू मुलुकका विभिन्न स्थानमा खसेका थिए ।

तीमध्ये २१ वटा ड्रोनहरूले नागरिक बस्ती र भौतिक संरचनालाई निशाना बनाउँदा मानवीय क्षति भएको हो ।यस आक्रमणमा परी नेपालसहित भारत, फिलिपिन्स, इजिप्ट, इथियोपिया र पाकिस्तान लगायत १५ विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन् ।