बालेन सरकारको पहिलो बैठकले गर्यो महत्वपूर्ण निर्णय

नेपाल सरकारले जेनजी आन्दोलनका क्रममा भएको क्षतिको जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ।

आजै गठित नयाँ मन्त्रिपरिषद्को पहिलो बैठकले कार्की आयोगले कारबाहीका लागि सिफारिस गरेको सुरक्षा संयन्त्रको हकमा अध्ययन समिति गठन गर्ने र त्यसले पेश गरेकोबमोजिम कारबाही अघि बढाउने निर्णय गरेको हो।

यस्तै अन्यको हकमा आयोगको सिफारिसबमोजिम कारबाही अघि बढाउने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

यसबाहेक बैठकले सबै मन्त्रालयसँग सम्बन्धित १०० वटा निर्णय गरेको छ। शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले एक सय वटा निर्णय गरेको सरकारका प्रवक्ता सुस्मित पोखरेलले बताए। सरकारले गरेका निर्णयबारे शनिबार सार्वजनिक गरिने उनले जानकारी दिए।

बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेललाई तोक्ने निर्णय गरेको छ ।