काठमाडौं । गृहमन्त्रालयले पुस २७ गते सार्वजनिक विदा दिनेबारे जानकारी गराएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको थियो।
मंगलबार गृहमन्त्रालयले एक सूचना जारी गर्दै पृथ्वी जयन्तीको अवसरमा नेपालभर, विदेशस्थित नेपाली राजदूतावास र कुटनीतिक नियोगहरुमा सार्वजनिक विदा दिनेबारे जानकारी गराएको हो।










