काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनामा परेकाको उद्दारमा कुनै कमजोरी नगर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।
विमान दुर्घटनापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको रेस्क्यु कोअर्डिनेसन सेन्टर पुगेर प्रधानमन्त्री प्उरचण्क्तडले द्दारमा कुनै कमजोरी नगर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीसँगै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि
विमानस्थल पुगेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशक प्रेमनाथ ठाकुरले विमान दुर्घटनामा संलग्न सुरक्षा निकायका अधिकारी र कर्मचारी उद्दारकर्ताहरूलाई कुनै पनि कमजोरी र ढिलाइ नगर्न प्रधानमन्त्री दाहालले भनेका थिए । खोँचमा भएकाले उद्दार कार्यमा कठिनाइ भइरहेको छ ।









