शोकमा सोमबार यति एयरका सबै उडान रद्द

काठमाडौं । यती एयरलाइन्सले पोखरामा भएको जहाज दुर्घटनामा परी निधन भएकाहरुको शोकमा सोमबारका लागि निर्धारित सबै उडान रद्द गरेको छ ।

एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको हो ।कम्पनीको नाइन एन एएनसी एटीआर ७२ ५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । उद्धार कार्य अझै जारी छ ।