विमान दुर्घटना : एयरलाइन्सका नम्बर र कल सेन्टरमा फोन गर्न आग्रह

काठमाडौं । यती एयरलाइन्सले पोखरा सेती खोँचमा दुर्घटनामा परेको विमानमा मृत्यु हुने यात्रुको परिवारले एयरलाइन्सका नम्बर र कल सेन्टरमा फोन गर्न आग्रह गरेको छ ।

एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले विज्ञप्ति जारी गरी दुर्घटनामा पर्ने यात्रुको परिवारका सदस्य वा आफन्तले जानकारीका लागि यती एयरलाइन्सको काठमाडौं, पोखरा एयरपोर्ट र कल सेन्टरमा फोन गर्न आग्रह गरेका हुन् ।

यती एयरलाइन्सका अनुसार काठमाडौं एयपोर्टको ०१४४९३९०१, पोखरा एयरपोर्टको ०६१५९७०५५ र कल सेन्टरको ०१५९७००७४ मा फोन गर्न सकिनेछ । विमानमा चालक दलका सदस्यबाहेक ५३ जना नेपाली, पाँच भारतीय, चार रसियन, दुई कोरियन, एक अर्जेन्टिना, एक अष्ट्रेलियन र एक फ्रान्सेली नागरिक रहेका थिए । हालसम्म ६९ जनाको शव फेला परेको सो एयरलाइन्सले जनाएको छ ।