– तल्लो पेट दुखेमा हलुका तरिकाले मालिस गर्ने तथा रबरको थैली वा बोतलमा तातो पानी राखेर सेक्ने।
– ऐसेलुको पात र अदुवाको रस राखी तातोपानी या चिया पिउने।
– तनाव वा चिन्ता कम गर्न यसलाई एउटा सामान्य प्रक्रियाका रूपमा लिने र हल्का व्यायाम र घुमफिर गर्ने।
– पीडा कम गर्न व्यायाम गर्ने, व्यायामले धेरै हदसम्म रजस्वलाको कारणले हुने पीडा र असजिलोपनाको न्यूनीकरण गर्छ।
– लामो स्वास तान्नु र छोड्नु तथा मालिस गर्ने।
– पेट दुखेको बेला तातो पानी भरिएको बोतल कपडामा बेरेर सेक्दा पनि धेरै आराम हुन्छ।
– मनतातो पानीले नुहाउँदा पीड़ा कम हुनुका साथै निकै आराम महसुस हुन्छ।
– मनतातो पानीले स्नान गर्दा पनि आराम हुन्छ।
– धेरै महिलाहरूले पारासिटामोल र ब्रुफिन जस्ता दुखाई कम गर्ने औषधि पनि खाने गरेका छन्। तर औषधि प्रयोग गर्नु पूर्व चिकित्सकको सल्लाह लिनु जरुरी हुन्छ।
– अत्याधिक रक्तश्राव भए स्वास्थ्य चौकिमा जँचाउन जानुपर्छ।









