युएई । संयुक्त अरब ईमिरेट्स युएईमा एक जना नेपालीलाई फेरी ठूलो रकमको चिट्ठा परेको छ । युएईमा एक नेपालीलाई झन्डै ७० करोड उपहारको चिट्ठा परेको हो ।
महजुज राफल ड्र मार्फत २० मिलियन धिराम्सको उपहारको चिट्ठा परेको हो । हरेक साता हुँदै आएको महजुज लक्की ड्रको १२४औं संस्करणको मुख्य २० मिलियन धिराम्सको चिट्ठा नेपालीलाई परेको हो ।
२३ बर्षदेखि युएईमा ड्राइभरको रुपमा कार्यरत नेपाली नागरिक पदमले पाएको युएईबाट प्रकाशन हुँदै आएको खालिज टाईम्सको अन्लाईन संस्करणमा समाचार प्रकाशित छ । तर पदमको नेपालको ठेगाना र पुरा नाम भने उल्लेख गरिएको छैन ।
यस् अघी गुल्मीका भरत विकले पनि महजुजको लक्की ड्र मार्फत ३५ करोड (१० मिलियन धिराम्सको) चिट्ठा उपहार पाएका थिए ।









