घेराबन्दी गरे चुप लागेर बस्दैनौं: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले घेराबन्दी गरे आफूहरू चुप लागेर नबस्ने चेतावनी दिएका छन्।

ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा शनिबार भएको केन्द्रीय समितिको बैठकमा बोल्दै उनले गुट भेलाको बचाउ गरेका हुन्।

‘हिजो क-कसले भेला गरेको थियो त्यसबेलाको फोटो हेरौं। पार्टीले कसैलाई अपमान नगरे गुट भेला गर्न पर्दैन। पार्टीमा निर्णय गर्दा परामर्श नगर्ने, एकलौटी निर्णय हुन थालेपछि गुट भेला हुन्छ,’ उनले भने,‘हामी निर्वाचित महामन्त्री हौं, अपमान गर्न मिल्दैन। घेराबन्दी गर्न खोजे चुप लागेर बस्ने कुरा हुन्न।’