सुन आज एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीवार सुनको भाउ तोलाको ३ लाख ३९ हजार ३०० रुपैयाँ पुगेको छ। बुधबार सुनको मूल्य तोलामा ३ लाख १८ हजार ८०० रुपैयाँ थियो।
त्यसैगरी, आज चाँदीको भाउ पनि बढेर तोलामा ७ हजार ५०५ रुपैयाँ र १० ग्रामको ६ हजार ४३४ रुपैयाँ कायम भएको संघले जनाएको छ। आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।









