बोमलाल गिरी
नवलपुर, बैशाख २ गते । यातायात व्यवस्था कार्यालय नवलपुरले चालु आर्थिक वर्षको नौ महिनामा २३ करोड ३० लाख १६ हजार २२ रुपियाँ राजश्व संकलन गरेको जनाएको छ । यो गत आवको यही अवधिको भन्दा झण्डै २४ लाख कम हो । गत आवको यहि अवधिमा २३ करोड ५४ लाख ३० हजार रुपियाँ राजश्व संकलन भएको थियो ।
कार्यालयले यो आर्थिक वर्षमा ३५ करोड राजश्व उठाउने लक्ष्य राखेको छ । कार्यालयका सुचना अधिकारी टेक नारायण तिवारीलेका अनुसार गत आवमा ३० करोडा बढी राजश्व संकलन भएको थियो । चैत ३० गते एकै दिन ७३ लाख रुपैयाँ राजश्व संकलन भएको कार्यालयका सूचना अधिकारी टेक नारायण तिवारीले जानकारी दिए ।
कार्यालयले सवारी साधन करबाट सबैभन्दा धेरै १९ करोड २४ लाख २२ हजार २७० रुपियाँ संकलन गरेको छ भने सवारी चालक अनुमति पत्र र सवारी दर्ता किताव नविकरणबाट तीन करोड ७४ लाख ९२ हजार २३४ रुपियाँ संकलन भएको सूचना अधिकारी तिवारीले बताए ।
त्यस्तै यातायात क्षेत्रको आम्दानीबाट २३ लाख २९ हजार ९९०, प्रशासनिक सेवा शूल्कबाट ११ लाख २ हजार ३५० र ५ हजार ४४५ रुपैयाँ बेरुजु रकम गरी यो राजश्व संकलन गरेको हो । जिल्लाा धेरै सवारीसाधनले लामो समयसम्म कर नतिरेपछि कार्यालयले कर संकलन अभियान नै सञ्चालन गरेको थियो ।









