कार्की आईजीपीबाट बर्खास्त, केसीलाई दिइयाे जिम्मेवारी, अदालत जाने कार्कीको तयारी

सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाएको हो।

बैठकले सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।। कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ। पोखरेलले भने, ‘कार्कीलाई कारबाहि गरिएको होइन। जिम्मेवारी फेरबदल गरिएको हो।’

सरकारले प्रहरी महानिरीक्षक ९आइजीपी० बाट हटाएपछि दानबहादुर कार्की कानुनी परामर्शमा जुटेका छन्। उनी सरकारको निर्णयविरुद्ध रिट लिएर सर्वोच्च अदालत जाने तयारीमा जुटेका हुन्। सरकारले पदबाट हटाएको निर्णय सार्वजनिक भएलगत्तै कार्कीले केही कानुन व्यवसायीलाई सम्पर्क गरी परामर्श शुरु गरेका हुन्।

गत कात्तिक २४ गते आइजीपीमा नियुक्त भएका कार्की एक वर्ष नपुग्दै हटाइएका हुन्। उनको कार्यकाल २०८४ चैत १७ गतेसम्म थियो। उनी पूरा कार्यकाल आइजीपीमा बस्न पाउनुपर्ने माग गर्दै रिट लिएर जान सक्ने कानुन व्यवसायीहरुको भनाइ छ।