बाघको आक्रमणबाट नवलपुरमा तीनवटा गाई मरे

नवलपुर, कात्तिक १४ गते । पाटे बाघले आक्रमण गरेर नवलपुरमा तीनवटा गाई मारेको छ । जिल्लाको बिनयी त्रिबेणी गाउँपालिका–५ भेडीगाउँको हिडन भ्याली एग्रो फार्ममा रहेका ७ वटा गाई बारीमा चराउदै गरेको अवस्थामा पाटे बाघले आक्रमण गरेको फर्मका सञ्चालक छबिलाल लामाले जानकारी दिए ।

बाघले तीनवटा गाईलाई आक्रमण गरेकोमा दुईवटा घटनास्थलमै मरेका र एउटा गाईलाई बाघले लगेर गएको लामालाई उदृत गर्दै नवलपुर प्रहरीले जनाएको छ । चारवटा गाई भने सुरक्षित छन् ।