ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन

पश्चिम नवलपरासीको सदरमुकाम परासी बजारमा ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक पत्रकारको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार शुक्रबार दिउँसो नवलपरासी जिल्लाको रामग्राम नगरपालिका २ सेतो पुल स्थित हुलाकी सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको सु.प.प्र. ०१–००१ ख ३४९७ नम्बरको ट्रकले सोही दिसा तर्फ जाँदै गरेको लु.प्र.०१–००९ प ९६१९ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल चालक रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिका १३ भलवाडी निवासी अन्दाजी ४०/५० वर्षीय  पोषकान्त पोख्रेल निधन भएको प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा जिल्ला अस्पताल परासीमा मृत्यु भएको हो । उनी रुपन्देहीका विभिन्न स्थानीय सञ्चारा माध्यममा कार्यरत पत्रकार हुन् । ठक्कर दिने ट्रक र ट्रक चालक प्रहरी नियन्त्रणमा रहेको छ ।