साउदीमा रहेका नेपालीलाई बाहिर ननिस्कन र उच्च सतर्कता अपनाउन दूताबासको विशेष अपिल

साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै नेपाली राजदूतावासले साउदीमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्क रहन अपील गरेको छ । राजदूतावासले सूचना जारी गर्दै अनावश्यक रुपमा घरबाहिर ननिस्कन र सामाजिक सञ्जालमा भ्रामक, अपुष्ट वा उत्तेजक फोटो र भिडियोहरू पोस्ट तथा सेयर नगर्न निर्देशन दिएको छ

दूतावासले सुरक्षा चेतावनी जारी भएका क्षेत्र वा समयमा विशेष सावधानी अपनाउन र आधिकारिक निकायका निर्देशनहरु मात्र पालना गर्न आग्रह गरेको छ ।

हवाई यात्रा गर्ने तयारीमा रहेका नेपालीहरुलाई उडान तालिका परिवर्तन भए(नभएको सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट निश्चित गरेर मात्र यात्रामा निस्कन भनेको छ ।

कुनै पनि समस्या वा आपत्कालीन अवस्था आएमा रियादस्थित नेपाली राजदूतावास र जेद्दास्थित महावाणिज्यदूतावासका फोन नम्बर तथा इमेलमार्फत सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।

साउदीमा करिब ४ लाख नेपाली श्रमिकले काम गरिरहेका छन् १ भने, प्रत्येक वर्ष नेपालबाट रोजगारीको लागि ९० हजार जाने गरेका छन् ।

dutabas.jpg