मेलामा बिबाद हुँदा एकजना माथि कुटपिट, चार जना पक्राउ

नवलपुर, कात्तिक ९ गते । नवलपुरको बिनयी त्रिबेणी गाउँपालिका–२ डाडाजोरमा लागेको मेलामा समान्य बिबादका कारण कुटपिट भएको छ ।

कुटपिटबाट विनयी त्रिवेणी–४ भालुचिरा बस्ने १४ वर्षका आशीष खत्री (क्षेत्रि) लाई चाल जना मिलेर कुटपिट गरेका प्रहरीले जनाएको छ । कुटपिटबाट घाईते खत्रीलाई उपचारका लागि स्थानीय मनकामना फार्मेसीमा पठाएको प्रहरीको भनाइ छ । टाउकोमा चोट लागेको उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ ।

कुटपिटमा संलग्न चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा बिनयि त्रिबेणी–४ जोखाडीका १६ वर्षीय शिरिष सिंजाली मगर, कटुसघारीका १६ वर्षकै आयुष सोमै, सिद्रेका १५ वर्षीय शिशिर बि.क. र भालुचिराका १४ वर्षीय तिलक सिंजाली मगर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।